विराटनगरका निजी अस्पतालको अनुगमन, संक्रमितको उपचार निःशुल्क गर्न तीन नीजी अस्पताललाई मुख्यमन्त्री राईको निर्देशन

खबर पूर्वाञ्चल, १२ मंसिर २०७७, शुक्रबार १८:५१

विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेसहितको टोलीले विराटनगरका तीन ठूला अस्पतालको अनुगमन गरेको छन् ।

मुख्यमन्त्री राईसहितको टोलीले विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज र न्यूरो अस्पतालको आज अनुुगमन गरेको हो । मुख्यमन्त्री शेरधन राईले जनताले कस्तो उपचार सेवा पाइरहेका छन् भन्ने बुझ्न अनुगमन गरेको बताए ।

नागरिकले निजी क्षेत्रको अस्पतालबाट कोभिड संक्रमित विरामीहरुको उपचार नपाई अनाहकमा मृत्यु हुने, निःशुल्क उपचार गर्नुपर्नेमा शुल्क लिएको,अत्याधिक लिने, धरौटी रकम राख्नु पर्ने लगायतका गुनासा आएकोले अनुगमन गरिएको मुख्यमन्त्री राईले बताए ।

मुख्यमन्त्री राईले अस्पताल प्रशासनलाई सङ्घीय सरकारको नीति अनुसार मङ्सिर ३ गतेदेखि निजी क्षेत्रको कोभिड अस्पतालले संक्रमित विरामीको उपचार निशुल्क गर्न निर्देशन दिए । उनले म उपचार गर्छु भन्ने वाहेक संक्रमितको उपचारको खर्च नेपाल सरकारले भुक्तानी दिने हुनाले सवैको उपचार निःशुल्क गर्न निर्देशन समेत दिए । महामारीको यस समयमा कोरोनो नियन्त्रण, रोकथामका गर्नु हामी सवैको कर्तव्य भएकोले

नागरिकलाई अकाल मृत्युबाट जोगाउन उपचार सेवालाई सहज र निःशुल्क गरिएको हुनाले सोही अनुसार गर्न आग्रह गरे । उनले विरामीका आफन्तबाट आएका गुनासाका सम्वन्धी अस्पताल जिम्मेवारी पक्ष, प्रशासनसंग वसेर छलफल गरी सम्वोधन गर्ने बताए ।

सामाजिक विकास मन्त्री घिमिरेले सङ्घीय सरकारको प्रोटोकल अनुसार निजी क्षेत्रको कोभिड अस्पतालले नागरिकलाई निशुल्क उपचार उपलव्ध गराउनु पर्ने बताए ।

विराटनगर अस्पतालका निर्देशक डा.ज्ञानेन्द्र कार्कीले नेपालको सरकारको परिपत्र अस्पष्ट रहेको हुनाले सक्षम वाहेक गरीव, असहायलाई स्थानीय निकायको पत्र अनुसार मङ्सिर ८ गतेदेखि निःशुल्क उपचार सेवा दिइरहेको बताए । उनले कोभिड संक्रमित उपचारमा खट्ने चिकित्सकको मासिक दुई लाख २० हजार र स्टाफ नर्सलाई एक लाख २८ हजार तलव भुक्तानी दिएको बताउदै सेवा अनुसार सरकारबाट पाउने रकम न्यून भएको गुनासो व्यक्त गरे ।

मुख्यमन्त्री समक्ष मोरङको वुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा कोभिड विरामीका आफन्तले मङ्सिर ८ गते अगाडिसम्म ३ लाखसम्म धरौटी राख्नु पर्ने ,सरकारको तोकेको भन्दा ज्यादा साधारण , सघन उपचार कक्ष तथा भेन्टिलेरमा उपचार गराउंदा १५ हजारदेखि ३० हजारसम्म दैनिक तिर्नुपरेका गुनासो व्यक्त गरेका थिए ।

भोजपुर हतुवागढी–४ का राजकुमार राईले आफ्नो फुपु सङक्रमित भएको र उपचारका लागि अस्पताल ल्याउँदा रु तीन लाख धरौटी माँग भएकोमा भनसुनवाट रु ५० हजार धरौटी राखेको मुुख्यमन्त्रीलाई जानकारी दिनु भयो ।

अनुगमनको क्रममा मुख्यमन्त्री समक्ष विरामीका आफन्तले नोबेल अस्पतालको सघन कक्षमा विरामी भेट्न जाँदा प्रत्येक पटक २ हजार मूल्य बरावरको पिपीइ लगाउनु पर्ने प्रावधान राखेको र चिकित्सककाट गुणस्तरीय सेवा सुविधा नपाएको गुनासो राखे ।

नोबेल अस्पतालले कोभिड विरामीसंग दैनिक २० उपचार खर्च लिने गरेको छ भने न्यूरो अस्पतालले ३० हजार लिने गरेको छ ।
नोबेल अस्पतालका प्रवन्धक राजेश नेपालले सङ्घीय सरकारको निःशुल्क उपचारको पत्र नआएकोले शुल्क लिएको बताए ।

न्यूरो कोभिड अस्पतालले संक्रमितसंग दैनिक ३० हजार उपचार सेवा लिएरहेको अस्पतालमा उपचार गराइरहेका विरामीका आफन्तले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५