animated ellipse animated ellipse

विराटनगरका औषधि व्यवसायी दुलालको शंकास्पद मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ जेष्ठ २०७७, आईतवार १२:२९
3
Shares
विराटनगर / विराटनगरमा एक औषधि व्यावसायीको शंकास्पद मृत्यु भएको छ ।

विराटनगरमा औषधिको डिलर सञ्चालन इटहरी घर भएका विराटनगर महानगरपालिका– १० मधुमारा बस्दै आएका ३३ वर्षीय औषधि व्यावसायी देवीप्रसाद दुलालको शंकास्पद मृत्यु भएको हो ।

आज बिहान मृत भेटिएका दुलालको शरिरमा निलडाम छ । मृतक दुलालको नाक, हात, घाँटी र बायाँ आँखाको डिलमा चोट लागेको र मुखबाट रगत पनि बगिरहेको अवस्थामा शव रहेकाले घटनालाई शंकास्पद मानिएको हो । घटनाको प्रकृति हेर्दा उनको स्वभाविक मृत्यु नभइकन हत्या भएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

शव पोष्टमार्टमका लागि कोशी अस्पताल पठाएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । ‘शरीरमा चोट पनि भएकाले घटना शंकास्पद छ,’ उनले भने, ‘पोष्टमार्टमपछि थप विषय खुल्छ ।’

सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार घर भएका दुलाल विराटनगर–१० मा देवी माँ पाथीभरा फर्मा नामक औषधिको डिलर सञ्चालन गर्दै आएका उनी राति सुतेकै अवस्थामा बेहोस अवस्थामा भेटिएको भन्दै उनलाई श्रीमती र अन्य साथीले बिहान ३ बजे सुतेकै ओछ्यानमा बेहोस अवस्थामा भेटिएपछि उपचारकालागी कोशी अञ्चल अस्पताल पुर्याइएकोमा अस्पतालले मृत घोषित गरेको छ । दुलालका श्रीमती र ८ वर्षका छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर