RUMPUM
animated ellipse animated ellipse

सौन्दर्यकर्मी युनियको अध्यक्षमा आशा र सचिवमा कला डाँगी चयन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ भाद्र २०७८, बुधबार १८:४१
1.34k
Shares
विराटनगर / राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल प्रदेश १ को अध्यक्षमा आशाकुमारी लिम्बु चयन भएकी छिन् ।

कोभिड १९ को कारण भर्चुयल माध्यमबाट आज भएको दोस्रो अधिवेशनबाट लिम्बु सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएकी हुन् ।

समितिको उपाध्यक्षमा ललिता धिमाल, सचिवमा कला डाँगी, सह–सचिवमा मन्जु कार्की र कोषाध्यक्षमा सन्ध्या बस्नेत रहेकी छिन् । समितिको अन्य सदस्यहरुमा स्मिता ठकुरी, सादया तमसुम, गंगा तामाङ, गंगा चर्मकार, मार्ता राई जशु प्रधान र रिता दनुवार रहेकी छिन् ।

सौन्दर्यकर्मी यूनियन प्रदेश १ मा चार सय भन्दा बढी ब्यूटिसियन आवद्ध रहेका छन् ।

सचिवमा सर्वसम्मत रूपमा चयन भएकी डाँगीले सौन्दर्यकर्मीहरूको हकहितमा लागि पर्ने बताइन् । यसअघि सौन्र्दयकर्मी युनियको सदस्य भइसकेकी डाँगी २०७२ सालदेखि ब्युटिसियन क्षेत्रमा रहेर सौन्र्दयकर्मीहरूको हकहितमा लागि परेकी छिन् । यसअघि मोरङको सौन्दयकर्मी युनियको सचिव रहदा पनि डाँगीले ब्युटिसियनहरूलाई आत्मनिर्भर बनाउन विभिन्न खाले कार्यक्रम र क्षमता अभिवृद्धि गर्ने तालिमहरू ल्याएकी थिइन् । आगामी दिनमा पनि ब्यूटिसियनहरुको हकहितमा काम गर्दै अगाडी बढने उनले बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर