खबर पूर्वाञ्चल
सिरहाको मिर्चैया–२ घर भएका ४२ वर्षीय डा. दीपेन्द्रकुमार महतो दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । उनी विरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए ।
पक्राउ परेका महतोले विराटनगरस्थित यातायात सेवा कार्यालयमा आँखा जाँच गर्ने जिम्मेवारी पाएका थिए । सोही कार्यका लागि राखिएकी महिला कर्मचारीले काम छाडेकी थिइन् । डाक्टर महतोले रक्सीले मातेर ती कर्मचारीका घरमा पुगेर काम छाडेको निहुँमा गालीगलौज गर्दै अभद्रव्यवहार गरेको प्रहरीमा परेको उजुरीमा उल्लेख छ ।
महतोलाई प्रहरीले आइतबार राति १० बजेतिर विराटनगर महानगरपालिका–४ स्थित महिलाको घर बाहिरबाट पक्राउ गरेको थियो । उनले कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिएकाहरुको स्वास्थ्य परीक्षण (आँखा जाँच) गर्ने गरेका थिए ।