खबर पूर्वाञ्चल
कक्षा ११ र १२ का १८ जना प्रतियोगिले भाग लिएको प्रतियोगितालाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले शिक्षा दिवसका अवसरमा सबै विद्यार्थीले आफुले सोचे जस्तो शिक्षा लिन सकुन् भन्ने शुभकामना ब्यक्त गरे । उनले व्यक्तिको विकास र सक्षम जनशक्ति उत्पादनमा दिवसले सार्थकता पाओस भन्ने कामना समेत गरे ।
प्रतियोगितामा ३ जना विद्यार्थीले अंग्रेजी भाषाको कविता वाचन गरे भने १५ जनाले नेपाली भाषाको कविता वाचन गरेका थिए । ति मध्ये ‘निरास नहुनु है बा’ भन्ने कविता वाचन गर्दै कक्षा १२ का खिलराज ढकाल प्रथम, ‘को हुँ म’ शिर्षकको कबिता वाचन गर्दै कक्षा ११ की इश्लेना पराजुली दित्तिय र ‘माई इनर माइन्ड’ शिर्षकको कविता वाचन गरेका कक्षा १२ का कौस्तुब निरौला तृतिय भए। उनीहरुलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने विद्यालयका भाईस प्रिन्सिपल टीएन भण्डारीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया