AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा २१ सहित प्रदेश १ मा ६६ जनामा कोरोना संक्रमित पुष्टि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ श्रावण २०७७, बिहीबार १९:५३
3
Shares
विराटनगर / विराटनगरमा २१ सहित प्रदेश १ मा आज थप ६६ जना कोरोना संक्रमित थपिएका छन् ।

विराटनगरमा २१ सहित मोरङमा २४, सुनसरीमा १९, इलाममा १५, झापामा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ११ पुरुष १० महिला, बेलबारीमा २ र रंगेलीमा १ पुरुष, सुनसरीको धरानमा ११ पुरुष, ३ महिला, इटहरीमा ४ पुरुष १ महिला, इलामको इलाम नगरपालिकामा १५ पुरुष, झापाको मेचीनगरमा ७ पुरुष, १ महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार २ सय ५५ पुगेको छ । उनीहरुमध्ये ९सय ५ जना उपचारपछि कोरोनामुक्त भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् ।

प्रदेश १ मा आजै १८ जना डिस्चार्ज भएका छन । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट १२ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा झापाका ९, मोरङका ६, सुनसरी, इलाम र पाँचथरका १÷१ जना रहेका छन् । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर