animated ellipse animated ellipse

मिल्स नकआउट फुटबल सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ पुष २०८१, सोमबार २१:१०
45
Shares
विराटनगर / मिल्स फार्क नकआउट फुटबल प्रतियोगितामा सुरु भएको छ ।

विराटनगर जुटमिल खेलमैदानमा आजदेखि सुरु भएको प्रतियोगितामा विराटनगरस्थित मोर्डन एरा स्कुल विजय भएको छ ।

उद्घाटन खेलमा मोरङको बुढीगंगा गाउँपालिकास्थित जेभियर स्कुललाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै मोर्डन एरा स्कुल विजयी भएको हो ।

निर्धारितसयमसम्म गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो । प्रतियोगिताको प्लेर अफ द म्याच पानस तामाङ्ग घोषित भए ।

मंगलबार तीन खेल हुनेछ । पहिलो खेल रेड स्टर पथरी र विराटनगरको कान्तिपुर कलेज बिच हुनेछ । सोही दिन हुने दोस्रो खेल सुन्दरहरैचाको ब्राइटफियूचर विराटनगरको अर्किड स्कुलबीच हुनेछ भने तेस्रो खेल आर्दश स्कुल र सगरमाथा स्कुलबिच प्रतिस्पर्धा हुनेछ ।

मिल्स फार्क क्लब रानी विराटनगरको आयोजनामा पुस ६ गतेसम्म संचालन हुने प्रतियोगितामा मोरङ जिल्लाभरीको १२ वटा विद्यालयको सहभागिता रहेको फार्क क्लबका अध्यक्ष धनकुमार लामाले बताए ।

प्रतियोगितामा प्रथम हुने बिजयी टिमले नगद ५१ हजार र उपबिजेताले ३१ हजार नगद पुरस्कार सहित मेडल, ट्रफी र प्रमाणपत्र हासिल गर्ने छन् ।

यसअघि २०७९ सालमा फार्क कल्बको स्थापना गरिएपछि पहिलोपटक विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । यस्तै २०८० सालमा विभिन्न विद्यालयका

एकसय बढी विद्यार्थीलाई सहभागी गराएर क्लबले पहिलो अन्तर विद्यालय टेबुल टेनिस प्रतियोगिता आयोजना गरेको आयोजक क्लबले जनाएको छ । यस पटकको प्रतियोगिता सम्पन्न गर्न करीब ५ लाख खर्च हुने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर