पूर्वाञ्चल खबर
सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापा तथा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण चन्द्रगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले बाह्रदशी गाउँपालिका २ बाट ६ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित बाह्रदशी गाउँपालिका(३ का २३ बर्षीय अमिन मोहम्बदलाई बिरिङ खोला किनाराबाट पक्राउ गरेको हो ।
यसैगरी ईलामको माङसेबुङ गाउँपालिका ५ का १९ बर्षीय प्रेम राई र १७ बर्षीय अमिर लिम्बु नियन्त्रीत लागुऔषध गाँजासहित पक्राउ परेका छन् । प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरी टोलीले सोमवार दिउँसो २ केजी गाँजासहित दुव्ै जनालाई पक्राउ गरेको हो । यस्तै मोरङको केरावारी गाउँपालका ६ बाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन् ।
सोमवार राती ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले मुगु खोला छेउमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १० प ७६९३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलमा सवार रहेका केरावारी गाउँपालिका ५ का २२ बर्षीय रुपेश राई, धरान(८ की ३० बर्षीया अबिमाया राई र २० बर्षीय उत्सव लिम्बुलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले डाईजेपलाब ९५ एम्पुल, एभिल ९४ एम्पुल र लुपिजेसिक ९७ एम्पुल लागुऔषध बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा कानूनी कारवाहीका साथै थप अनुसन्धान भईरहेको छ ।