RUMPUM
animated ellipse animated ellipse

ट्राइयाथलन टोली हाङ्गझाउ प्रस्थान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ आश्विन २०८०, मंगलवार १८:५९
81
Shares
काडमाण्डौ / चाईनाको हाङ्गझाउमा आयोजना भईरहेको १९ औं एशियाली खेलकुदमा प्रतिस्पर्धा गर्न नेपाली ट्राईयाथलन टोली हाङ्गझाउ प्रस्थान गरेको छन् ।

नेपाली टोलीमा टिम ब्यवस्थापकमा संघका महासचिव युवराज सुनुवार, प्रशिक्षकमा शुभ श्रेष्ठ र खेलाडीहरुमा श्रेवी महर्जन, युस्का महर्जन, मौलिक महर्जन र बशन्त थारु रहेका छन् ।

ट्राईयाथलनमा नेपालले ब्यक्तिगत र मिक्स रिलेमा प्रतिस्पर्धा गर्ने छ । श्रेवी, मौलिक र बशन्तले ब्यक्तिगत र मिक्स रिलेमा प्रतिस्पर्धा गर्ने छन् भने युस्काले मिक्स रिलेमा मात्र प्रतिस्पर्धा गर्ने छिन् ।

बशन्त थारु बाहेक अन्य खेलाडीहरुको एशियन गेम्समा पहिलो अनुभव रहेको छ । बशन्त थारुले दक्षिण एशियाली खेलकुदमा नेपालका लागि पदक दिलाईसकेका छन् भने यस अघि कोरियामा आयोजना भएको इनचोन एशियन गेम र ईडोनेसियामा भएको जाकार्ता एशियन गेम्समा सहभागिता जनाईसकेका छन् ।

ट्राईयाथलन प्रतियोगिता १९ गते शुक्रबारबाट सुरुहुनेछ । आधिकारीक रुपमा ट्राईयाथलन संघको स्थापना पश्चात छोटो समयमा नै नेपाली खेलाडीहरुले नेपालका लागि पदक जोड्न सफल भईसकेका छन् ।

नेपाली टोलीलाई संघका सदस्य मिकेन महर्जन लगायतले अन्तराष्ट्रिय बिमान स्थलमा शुभकामना सहित बिदाई गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार