खबर पूर्वाञ्चल
ईष्टुले विभिन्न माग राख्दै प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडी बिरोध तथा धर्ना कार्यक्रमको आयोजना गर्दै प्रदेश १ का प्रमुख सचिव मुकुन्दप्रसाद निरौलालाई ध्यानाकर्षण पत्र बुझाएका हुन । धर्ना कार्यक्रममा प्रदेश १ का १४ वटै जिल्लाका निजि विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।
निजि विद्यालयका शिक्षकहरुले लकडाउनलाई बहाना बनाएर लकडाउन भन्दा अगाडी देखिएको पारिश्रमिक पनि सञ्चालकहरुले नदिएको गुनासो गरेका छन । पारिश्रमिकको लागी प्रदेश सरकार मार्फत पहल गरिदिनका लागि ज्ञापनपत्र बुझाएको इस्टु प्रदेश १ का इन्चार्ज रोहीणीप्रसाद दवाडीले बताए । ईस्टुले सरकारी बिद्यालयको कर्मचारीहरु जस्तै सेवा सुबिधा पाउनु पर्ने समेत सरकारसंग माग गरेका छन् । मोरङमा मात्र लकडाउनको समयमा १ सय ५० जना शिक्षक कर्मचारीहरु विद्यालयबाट बिना कारण निकालिएको उनीहरुले बताएका छन ।