खबर पूर्वाञ्चल
महेन्द्र मोरङ आदर्श वहुमुखी क्याम्पस विराटनगरको स्वतन्त्र विद्यार्थी युनियनद्वारा आज क्याम्पसमा आयोजित पुरस्कार वितरण, सम्मान, नयाँ विद्यार्थी स्वागत, झण्डोत्तोलन र स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले वर्तमान अवस्थामा स्वदेश तथा विदेशलाई आवश्यक पर्ने प्रतिष्पर्धी दक्ष जनशक्ति उत्पादनमा शिक्षालयले विशेष ध्यान पु¥याउनु पर्ने बताइन् ।
पूर्व राष्ट्रपति भण्डारीले नयाँ अध्ययन र अनुसन्धानमार्फत लोक कल्याणको क्षेत्रमा नयाँ सिर्जना एवं अविष्कार गरी विश्वमा मुलुकको नामको कीर्तिमान राख्न विद्यार्थीहरुलाई अनुरोध समेत गरिन् । उनले खाद्य सुरक्षा , जलवायु परिवर्तनको अनुकुलता र मुलुकको अर्थतन्त्र सवल बनाउने विषयमा विद्यार्थीहरुले विशेष ध्यान दिनु पर्ने बताइन् ।
पूर्व राष्ट्रपति भण्डारीले भनिन् – चिकित्सक, अर्थशास्त्री, उद्यमी, इन्जिनियर ,नेता तथा समाजसुधारक उत्पादन गर्ने शिक्षालय केन्द्र भएकोले यसको विकासका लागि सहमतीको आधारमा संघीय सरकारले २० प्रतिशत बजेट विनियोजन गर्नु पर्ने पर्छ ।
क्याम्पसका प्राचार्य रामावतार शरण,युनियनका सभापति जशवन्त पौडेल,सचिव सनिम ठकुरी,अखिल क्रान्तीकारीका अभिमन्यु यादव, अनेरास्ववियुका जोसेफ घिमिरे र रिता न्यौपाने मुलुकलाई आवश्यक पर्ने जनशक्ति उत्पादनमा क्याम्पसले विशेष ध्यान दिएकोले यसको समग्र विकासका लागि आवश्यक सहयोगको आग्रह गरे ।
सोही अवसरमा पूर्व राष्ट्रपति भण्डारीले विभिन्न खेलकुद प्रतियोगिताका विजयी , दोस्रो राष्ट्रिय डोरीतान प्रतियोगितामा स्वर्ण पदक विजेता मनिष खतिडालाई प्रमाणपत्र वितरण गर्नुका साथै क्याम्पसका विद्यार्थीहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट दिने सम्झौता पत्रमा हस्ताक्षर गर्ने विराटनगरमा विभिन्न अस्पतालहरुलाई प्रमाणपत्र प्रदान गरिन् ।