animated ellipse animated ellipse

बहुमतको नाममा संविधान र कानुनको हुर्मत लिने काम बन्द गरियोस : एमाले

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ भाद्र २०८०, सोमबार १७:४७
99
Shares
विराटनगर / नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बुहमत पु¥याउने नाममा संविधान र कानुनको हुर्मत लिने काम कसैले पनि गर्न नहुने बताएका छन् ।

सभाको अध्यक्षता गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीले पनि मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत दिने भएपछि प्रदेश सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘संविधान र कानुनको हुर्मत लिने काम अब पनि लिनुभयो भने यो मुलुकको प्रादेशकि संरचनाको संघियातामाथि आलोचना र उत्कर्षमा पु¥याउने काम सत्तापक्षले गर्दैछ,’ उनले भने । संविधा र कानुनको विषयलाई आफु अनुकुल दुसप्रचार गर्ने काम गर्न नहुने उनले बताए ।

उपसभामुखले कानुन र संविधान बमोजिम विदा लिएको बताए । स्वास्थ्यको संवेदनलिशप्रति लालछना लगाउने काम कसैले पनि गर्न नहुने उनले बताए । ‘उपसभामुख गंगालाल हृदयकेन्द्रमा उपचार गर्दै आउनुभएको छ । मान्छेको निजी जिवनप्रति निक्कै कठाइहरु हुन्छ । सधै सहज हुदैन,’ उनले भने, ‘त्यसैले कसैप्रति यसरी लालछना लगाउनु हुदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर