प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु, मृतकको संख्या ८५८ पुग्यो

खबर पूर्वाञ्चल, १५ जेष्ठ २०७८, शनिबार १९:२८

विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु भएको छ । यो सँगै प्रदेशमा मृत्यु हुनेको संख्या २४९ महिला र ६०९ जना पुरुष गरी ८५८ पुगेको छ ।

मृत्यु हुनेको सबैभन्दा बढी मोरङका ३ महिला र ६ जना पुरुष गरी ९ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा रहेको छ । यस्तै झापाका २, सुनसरीका ३, भोजपुर र उदयपुरका १–१ तथा प्रदेश १ बाहिरको १ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक रहेको छ ।

तथ्यांक अनुसार कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराटनगरमा ७, विपी प्रतिष्ठान धरान र विराट मेडिकल कलेज बुढिगंगा गाउँपालीकामा ३–३, नोबेल मेडिकल कलेज विराटनगरमार अन्यमा २–२ को मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५