खबर पूर्वाञ्चल
पछिल्लो तीनदिनको रेसियोमा आज मृत्यु हुनेको संख्या घटेको छ । पछिल्लो तीन दिनमा शनिबार,आइतबार र सोमबार क्रमश १७–१७ जनाको मत्यु भएको सामाजिक विकाश मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा ४ महिला र ६ पुरुष रहेको मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी मोरङका ६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा रहेको छ । यस्तै सुनसरीका ३ र इलामका १ मन्त्रालयको तथ्यांक रहेको छ ।
विराटनगरको कोशी कोभिड उपचार केन्द्रमा सवैभन्दा बढी ६ जनामा मृत्यु भएको छ नोबेल मेडिकल कलेज विराटनगर र बुढीगंगा गाउँपालिककामा रहेको विराट शिक्षण अस्पतालमा २–२ जनाको मृत्यु भएको हो ।