खबर पूर्वाञ्चल
स्वर्गीय थापाले २०२२ सालमा स्थापना गरेको जनता माध्यमिक विद्यालयमा एक–एक कक्षा कोठाको २ तल्ले भवन निर्माण गरि विद्यालयका प्रधानाध्यापक इश्वर खनाललाई एक कार्यक्रमका वीच हस्तान्तरण गरिएको हो ।
स्वर्गीय थापाकी श्रीमती मैया थापा छोराहरु भैरव, ज्ञानेन्द्र, महेन्द्र र दीपेन्द्रले विद्यालय भवन हस्तान्तरण गरेका हुन् । थापा परिवारले यसअघि सो विद्यालयमा सरस्वती मन्दिरको निर्माण, विद्यार्थी छात्रृबत्तिका लागि २ लाख ५० हजारको अक्षय कोष स्थापना गरिएको दीपेन्द्र थापाले बताए । उनका अनुसार विद्यालयका लागि खेलमैदान सहितको १ विगााह २ कठ्ठा जमिन विद्यालयलाई दिईएको थियो ।
स्थानीय स्तरमा कुनैपनि विद्यालय समयमा बालबालिकाको पठन पाठनका लागि आफ्नै श्रोतमा विद्यालय शुरु गरिएको पूर्व व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका थापाले बताए । उनका अनुसार विद्यालयमा ३ सय ५० विद्यार्थी अध्ययनरत छन् ।