AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्याब्सन विराटनगरको निर्वाचित कार्यसमितिको पदस्थापन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ आश्विन २०७८, बुधबार १९:५६
558
Shares
विराटनगर/ प्याब्सन नगर कार्यसमिति विराटनगरको दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिहरूको पदस्थापन भएको छ ।

विराटनगरमा आज एक कार्यक्रम आयोजना गरि उनीहरुलाई निवर्तामान कायसमितिले पद हस्तान्तरण गरेको हो । निर्वाचन समितिका प्रमुख आयुक्त तथा प्याब्सनका केन्द्रीय प्राज्ञाकि सल्लाकार डा. उद्धब पोखरेलले निर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र बितरण गरेका थिए ।

भदौ ३१ गते भएको निर्वाचनबाट प्याब्सन विराटनगरको अध्यक्षमा मोहन बुढाथोकी निर्वाचित भएका थिए । समितिको उपाध्यक्षमा अर्जुन श्रेष्ठ, सचिबमा अशोक लामा, सह–सचिब हिरा थापा, कोषाध्यक्षमा नन्द्धलाल मण्डल र सह–कोषाध्यक्ष गोपाल रिजाल निर्वाचित भएका छन् । यस्तै समितिको अन्य सदस्यहरूमा यादव प्रधान, चिरन्जिवी तिम्सिना, देवीलाल महतो, सिमा अग्रवाल, दिनेश ढुंङगना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर