animated ellipse animated ellipse

आज एकै दिन थप ५८६ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ हजार नाघ्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ असार २०७७, बुधबार १७:०७
3
Shares
विराटनगर /   पछिल्लो २४ घण्टामा  नेपालमा थप ५८६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार आज थप ५ सय ८६ जनामा कोरोना पोजिटिभ देखिएसँगै संक्रमितकाे संख्या ७ हजार १ सय ७७ नाघेकाे छ ।

आज थपिएकासमध्ये ४० जना महिला र ५ सय ४६ जना पुरुष रहेका छन् ।

आज नेपालमा थपिएका संक्रमितको संख्या हालसम्मकै उच्च रहेको छ ।

धरानमा भएको परीक्षणमा ५ जना, विराटनगरमा भएको परीक्षणमा ११ जना, जनकपुरमा भएको परीक्षणमा २७ जना, विरगञ्जमा भएको परीक्षणमा ६ जना, टेकुमा भएको परीक्षणमा २ सय ६५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

भरतपुर अस्पतालमा भएको परीक्षणमा ३, धुलिखेल अस्पतालमा ९९ जनाको पोजेटिभ आएको छ ।

यस्तै शिक्षण अस्पतालमा भएको परीक्षणमा १, पोखरामा भएको परीक्षण्मा २० जना, रुपन्देहीमा भएको परीक्षणमा ५९ जना, भेरी अस्पतालमा भएको परीक्षणमा ३२ जना, दाङमा भएको परीक्षणमा ३३ जना र सुर्खेतमा भएको परीक्षणमा ४ जनामा पोजेटिभ देखिएको छ ।

त्यसैगरी जुम्लामा भएको परीक्षणमा १४ जना, कैलालीमा भएको परीक्षणमा ७ जनाको पोजेटिभ देखिएको छ ।

नेपालमा कोरोनामुक्त हुनेहरूको संख्या १ हजार १ सय ६७ पुगेको छ । जसमध्ये १२ जना महिला र १ हजार १ सय ५५ जना पुरुष रहेका छन् ।

थप एकको मृत्यु

कोरोनाबाट मृत्यु हुनेको संख्या २०  पुगेको    छ । आज एक जना महिलाको कोरोनाबाट ज्यान गएको पुष्टि भएको छ ।  मिर्गौलासम्बन्धी  समस्याका कारण उनलाई ३० जेठमा नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएको थियो । १ असारमा उनको स्वाब संकलन गरिएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर