ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

वीपीमा थप एक जना बोरोना संक्रमित युवाको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ आश्विन २०७७, सोमबार २१:००
603
Shares
विराटनगर / तेह्रथुमका कोरोना संक्रमित युवाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । प्र

तिष्ठानमा उपचाररत तेह्रथुमको म्याङलुङ नगरपालिका १ का ३१ वर्षीय कोरोना संक्रमितको युवाको आज मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

असोज १८ गते कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको मेडिसिन वार्डबाट उनलाई कोभिड अस्पतालमा सारिएको थियो । उनी मिर्गौला रोग र मेटाबोलिक एसिडोसिस्को समस्याले पहिलेदेखि नै पीडित रहेको प्रतिष्ठानका सह प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।

कोरोना संक्रमणबाट प्रदेश १ मृत्यु हुनेको संख्या ८३ पुगेको छ । जस मध्ये १५ जना प्रदेश १ बाहिरको रहेका छन भने ६८ जना प्रदेश १ को रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर