खबर पूर्वाञ्चल
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा विराटनगरमा माघ २६ देखि २८ गतेसम्म प्याब्सन स्पोर्ट्स मिट हुने भएको हो ।
प्याब्सनले विराटनगरमा आज पत्रकार सम्मेलन गरी स्पोर्ट्स मिटमा जिल्लाभरीका २१० वटा प्याब्सनमा आवद्ध सदस्य विद्यालयबाट ३ हजार बढी विद्यार्थीहरूले एक दर्जन बढी प्रतियोगितामा भाग लिने अध्यक्ष प्रेमलालसिंह सुवालले जानकारी दिए । ‘प्रत्येक वर्ष हुने प्याब्सन स्पोर्ट्स मिट निजी विद्यालयहरुको कुम्भ मेला जस्तै हो,’ उनले भने, ‘मोरङ जिल्लाभरीका प्याब्सनमा आवद्ध भएका निजी विद्यालयहरुले प्रतियोगितामा भाग लिनेछन् । जसले गर्दा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन हुने गर्दछ ।’
तीन दिनसम्म संचालन हुने स्पोर्ट्स मिटमा २५ भन्दा बढी एथलेटिक्स, टेवल टेनिस र कक्षा दशसम्मको प्याब्सन भलिबल कप हुनेछ । भलिबल छात्र÷छात्रा दुवै तर्फको हुने सचिव जगत बस्नेतले जानकारी दिए । यसैगरी प्याब्सन प्रेसिडेन्ट कप यू– १५ फुटबल पनि हुनेछ । फुटबलमा पालिकाबाट विजय भएका आएकार विद्यालयले जिल्लामा भाग लिन पाउनेछन् । यसअघि स्थानीय पालिका भित्र छनौट चरणको प्याब्सन प्रेसिडेन्ट कप यू– १५ भएको छ । यसैगरी कक्षा ११ र १२ को छात्र–छात्रा भलिबल प्रतियोगिता पनि हुने भएको छ ।
प्रतियोगिताको एक दर्जन बढी खेलहरु सहिद मैदान, विराटनगर जुटमिलको खेलमैदान र विराटनगरको एभरेष्ट कलेजको खेल मैदानमा हुनेछ ।
प्रतियोगिताको उद्घाटन रंगशालमा कोशी प्रदेशका प्रमखु पर्शुराम खापुङ्गले गर्नेछन् । प्रतियोगिता भव्य र सभ्य तरिकाले सम्पन्न गर्नको लागि माघ २५ गते विहान ११ बजेदेखि प्रमोसन ¥याली पनि गर्ने अध्यक्ष सुवालले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकोछ ।