पूर्वाञ्चल खबर
यस बर्ष देखि राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा – १२ को विजनेस स्टडीज विषय अन्तर्गत विजनेस प्लान कसरी बनाउने भन्ने नयाँ पाठ्य युनीट थपिएको र यो शिर्षक विद्यार्थीहरुको नयाँ भएकोले उक्त कार्यक्रमको आयोजना गर्नु परेको कलेजका प्रिन्सीपल लक्ष्मण ढकालले बताए ।
कार्यक्रममा स्वीजरल्यान्डबाट अध्ययन पूरा गरि आएका विशेषज्ञ अभिनायक मल्लले विद्यार्थीहरुलाई विजनेस प्लान कसरी बनाउने भन्नेबारे रोचक तालिम दिए । त्यस्तै मोटिभेसनल स्पीकर बसन्त अधिकारीले जिवनको महत्व, परिक्षाको तयारी गर्ने र जिवनमा सफलता प्राप्त गर्ने तरिकाहरुको बारेमा बताए ।
कार्यक्रम रोचक र ज्ञान बर्धक भएको कुरा कक्षा – १२ का छात्रा सुधीरा सिंहले बताइन् । विद्यार्थीको शैक्षीक र चौतर्फी विकासकोलागि मेरिल्याण्डले हरसंभव प्रयास गरी रहने कुरा कलेजका अध्यक्ष गुणराज ढुङ्गेलले बताए ।