AArya
animated ellipse animated ellipse

मनमोहनले कर्मचारीहरुलाई सपथ ग्रहण गरायो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ कार्तिक २०८०, शुक्रबार ११:२९
270
Shares
विराटनगर /देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले शिक्षक र कर्मचारीहरुलाई सपथ ग्रहण गराएको छ ।

प्राविधिक विश्वविद्यालयले आफनो सेवा बिस्तारका लागि स्थायी र नयाँ नियुक्त्ती भएका बढुवा भएका २७ जना शिक्षक र कर्मचारीहरुलाई आफन्तको उपस्थितीमा नियुक्त्तिी प्रदान गरि सपथ ग्रहरण गराएको हो ।

मोरङ बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा रहेको विश्विद्यालयको केन्द्रीय कार्यालयमा आयोजना भएको सपथ ग्रहण कार्यक्रममा स्थायी र बढुवा हुने २१ जना र खुल्लाबाट पदपुर्ति भएका ६ जना नयाँ अधिकृतहरुले नियुक्त्तिी पत्र लिएर आफन्तको उपस्थितीमा सपथ लिए । सपथ काक्रममा सबै कर्मचारीहरुले आफुहरु ऐन नियम र अनुशासनको पालना गर्दै विश्वविद्यालयको दत्तचित्त भएर सेवा गर्ने प्रतिबद्धता जनाए ।

स्थायी हुने र बढुवा भएका अनि नयाँ पदपुर्ति भएका सबै कर्मचारीहरुलाई विश्वविद्यालयका राजिष्ट्रार डा. दिलनाथ फुँयालले नियुक्त्तिी पत्र प्रदान गरि सपथ ग्रहण गराएका थिए ।

सपथ समारोहमा पुर्व समाजिक विकास मन्त्री तथा विश्वविद्यालयका संरक्षण समिति सदस्य जिवन घिमिरे , संरक्षण समिति सदस्य सत्यनारायण चौधरी विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेललगायतले कर्मचारीहरुले प्रतिस्पर्धी र सृजनशिल बनेर काम गर्न सके मात्र विश्वविद्यालयको दु्रत रुपमा स्तरोन्नती हुन सक्ने बताए । उनीहरुले देशकै पहिलो प्राविधिक विश्वविद्यालयले छोटो समयमा सिमित बजेट र कर्मचारीको अभाव झेलेर भए पनि उल्लेख्य प्रगती गर्न सफल भएको र कर्मचारीहरुको सहयोगले केही बर्षमै मनमोहन दक्षिण एसियामा चिनिएको विश्वविद्यालयहुन सक्ने आशा ब्यक्त्त गरे । उपकुलपति डा सुवासश्रीले तिहार लगत्तै थप २० जनाकर्मचारीहरुहरु नियुक्त्ती हुने र त्यसपछि केन्द्रीय कार्यालयको काम प्रभावकारी ढंगले अगाडी बढने बताए ।

मनमोहन प्राबिधिक विश्वविद्यालय कोशी प्रदेश सरकारले २०७६ सालमा स्थापना भएको देशकै पहिलो विश्वविद्यालय हो । यस विश्वविद्यालयमा स्कुल अफ इन्जिनियरिङ्ग, स्कुल अफ एप्लाईड साइन्स एण्ड टेक्नोलोजी र स्कूल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज सञ्चालनमा छन् । विश्व विद्यालयमाहाल स्नातक तहको सिभिल र इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग अनि स्नातक तहको मेडिसिन एण्ड एलाइड हेल्थ साईन्सेज तर्फको कक्षा सञ्चालन भैरहेको छ ।

विश्व विद्यालयले चाँडै प्राकृतिक चिकित्सा र आर्टिफिसियल मेडिकल टेक्नोलोजी र अस्पताल मनेजमेन्टबारेको स्नातक तहको कक्षा सञ्चालन गर्ने तयारी पनि पुरा गरेको छ । यो विश्व विद्यालयको मनमोहन पोलिटेक्निक नामको आफनै आंगिक शिक्षालय पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर