animated ellipse animated ellipse

कोरोनाका कारण विराटनगरमा उपचाररत दुई महिलाको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ कार्तिक २०७७, शुक्रबार १२:०३
1.58k
Shares
विराटनगर / विराटनगरमा उपचाररत थप दुई जना महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

धनकुटाकी ३२ वर्षीया महिलाको कोशी कोभिड उपचार केन्द्रमा र विराटनगरकी ५१ वर्षीया महिलाको न्युरो कोभिड अस्पतालमा आज विहान मृत्यु भएको हो ।

कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्रमा धनकुटा–४ की महिलाको आज विहान ८ः१५ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । हिजो कोरोना पुष्टि भएपछि उनलाई साँझ उपचारका लागि भर्ना गरिएको थियो ।

यस्तै विराटनगर–७ की ५१ वर्षीया महिलाको उपचारका क्रममा न्युरो कोभिड अस्पतालमा मृत्यु भएको छ । अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार विहान ८ बजेतिर महिलाको मृत्यु भएको हो ।

पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि गत बुधबार महिलालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वास सम्बन्धी समस्या रहेको आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर