AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

केदार कार्कीलाई मुख्यमन्त्री नियुक्तको दबाब दिन ४७ सांसद पुगे प्रदेश प्रमुखको कार्यालयमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ आश्विन २०८०, शुक्रबार १७:२९
243
Shares
विराटनगर / कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सांसद केदार कार्कीलाई नियुक्त गर्न माग गर्दै ४८ सांसद प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सकिएको छ । कार्कीले नेकपा एमालेका ३९ र कांग्रेसबाट विद्रोह गरेका ८ जना प्रदेशसभा सदस्य सशरीर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका हुन् ।

यता माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले भने कांग्रेससहित चार दलका नेताहरुको हस्ताक्षर लगेका थिए । दुबैको दाबी परेपछि प्रदेश प्रमुख परशुराम खापुङ थप छलफल गरेर मात्र निर्णय गर्ने मनस्थितिमा देखिएका छन् ।

तत्काल मुख्यमन्त्री नियुक्त नगर्ने संकेत पाएपछि कार्कीलाई समर्थन गरेका प्रदेश सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।

हिजो नेपाली कांग्रेसका केदार कार्की र नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोले मुख्यमन्त्री दाबी गरेका थिए ।

उनीहरू दुवैले ४७/४७ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखकोमा दाबी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर