animated ellipse animated ellipse

सामूहिक बलात्कार प्रकरणमा तीन जनाविरुद्ध म्याद थप

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ पुष २०८१, बिहीबार १५:५५
144
Shares
विराटनगर/ मोरङको कटहरी गाउँपालिका–२ को बाँस झ्याङमा हातखुट्टा बाँधिएको अवस्थामा फेला परेकी महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका तीन जनामाथि म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

जहदा गाउँपालिका– ३ की २२ वर्षीया विवाहित महिला कटहरी – २ को कदमगाछीमा रहेको बाँस झयाङ नजिकै पुस ८ गते दिउँसो अचेत अवस्थामा भेटिइकी थिइन् । मोरङ प्रहरीले पक्राउ परेका तीन जना विरुद्ध तीन वटा मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरेको हो ।

सामुहिक बलत्कार गरेको आरोपमा प्रहरीले मोरङ कटहरी गाउँपालिका २ का बर्ष २० का महमद रमजान, सोही ठाउँका बर्ष १९ का सुनिलकुमार साह र भारत विहार राज्य अररिया जिल्ला कुसकिट्टा ग्राम पंचायत वडा नं. ९ हस्तचोक घर भई हाल कटहरी २ बसी ग्यारेजमा काम गर्ने बर्ष १८ का महमद गुल्जर पपक्राउ गरेको छ । उनीहरु विरुद्ध मोरङ अदालतमा आज अपहरण, शरिर बन्धक राखि ज्यान मार्ने उद्योग गरी जबरजस्ती करणी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको मोरङ प्रहरीबा प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

तीन जनाको समूहले बलात्कारपछि मुख कपडा कोचेर हातखुट्टा बाँधेर छाडेको थियो । पराल लिन गएकी महिलाले अचेत अवस्थामा भेटेपछि प्रहरीलाई खबर पुगेको थियो । ति महिलाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । मोरङबाट गएको प्रहरी टोली पुगेर तत्काल उद्धार गरेर विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।

पुस ९ पुसमा व्हिान करिब साढे ४ बजे ति महिला जहदा गाउँपालिका– ३ स्थित घर पछाडी रहेको जुडी खोलामा शौच गर्न गएकी थिइन् । शौच गर्न गएका बेला तीन जनाको समूहले उनलाई सिटी सफारीमा हालेर करिब ३ किलोमिटर उत्तर पूर्व बाँसघारीमा लगेर जवरजस्ती करणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर