पूर्वाञ्चल खबर
आज कलेज परिसरमा एक कार्यक्रमको आयोजना गरि बीबीएको १७ औ ब्याचको ९६ जना, बीएचएमको २२ औ ब्याचको १४४, एमविएको तस्रो ब्याजको ३३ र एमएचएचएमको पहिलो ब्इाचको ३३ जना नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा अभिमुकरण कार्यक्रम गरेको हो ।
कार्यक्रम पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठले विद्यार्थीलाई अध्ययनमा अनुशासन, सीप विकास र व्यवहारिक ज्ञानमा जोड दिन आग्रह गर्दै पर्यटन तथा आतिथ्य व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा सास्थम कलेजको भूमिका महत्वपूर्ण रहेको बताए ।उनले कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै पूर्वाञ्चल क्षेत्रमै होटल व्यवस्थापन अध्ययनमा अग्रणी संस्थाको रूपमा पहिचान बनाएको उल्लेख गरे ।
कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीहरूले सांस्कृतिक नृत्य, कल्चर रयाम्प , गीत तथा मनोरञ्जनात्मक प्रस्तुतीमार्फत नवप्रवेशी विद्यार्थीलाई स्वागत गरेका थिए।
क्याम्पस प्रमुख विनय केसीका अनुसार शैक्षिक सत्र २०२५ मा विभिन्न तहमा उल्लेख्य संख्यामा विद्यार्थी भर्ना भएका बताए । उनले यसै वर्षदेखि कलेजले एमएचएचएम कार्यक्रम पनि सञ्चालनमा ल्याएको जानकारी दिए।
कार्यक्रममा सास्थम कलेजका प्रवन्ध निर्देशक रोशनबहादुर थापा, क्याम्पस प्रशासन प्रमुख राजेश गुरुङ, बीएचएम कार्यक्रम निर्देशक शैलेन्द्र गणेश, बीबीए कार्यक्रम निर्देशक केशव भण्डारी, प्लस टु को–अर्डिनेटर सुशिल खनाल, क्याम्पस व्यवस्थापक महेश्वर सिंहलगायतले वोलेका थिए। कलेजमा करिव ७ सय ५० विद्यार्थी अध्ययनरत रहेका छन् ।