AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमाले मोरङ ६ का उम्मेदवार ढकालले निर्वाचन खर्च गरे सार्वजनिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ फाल्गुन २०८२, शुक्रबार ०८:२७
99
Shares
विराटनगर / नेकपा एमाले मोरङ ६ का उम्मेदवार विनोदप्रसाद ढकालले फागुन २१ गते सम्पन्न निर्वाचनमा ९ लाख ७० हजार खर्च भएको सार्वजनिक गरेका छन्।

निर्वाचनमा ७ लाख ५५ हजार आम्दानी भएको र तिर्न बाँकी २ लाख १५ हजार ४५८ रहेको विवरणमा उल्लेख छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरमा बुझाइएको विवरणअनुसार उनले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम गरेको सम्पूर्ण खर्च सार्वजनिक गरेका हुन् ।

ढकालले पेश गरेको खर्च विवरण अनुसार मनोनयन दर्ता १० हजार, नामावली खरिद १८ हजार, सवारी साधन इन्धन तथा भाडा १ लाख २९ हजार, प्रचार सामाग्री छपार्इ २ लाख १५ हजार, झण्डा ब्यानर, स्टिकर साउण्ड सर्भिस १ लाख २४ हजार खर्च भएको छ ।

त्यसैगरी प्रचारप्रसारका लागि सम्पर्क कार्यालय व्यवस्थापन १ लाख २३ हजार, घरदैलो , मतदाता शिक्षा १ लाख १३ हजार, मतदानका दिन बुथ एजेन्ट खर्च १ लाख ४३ हजार ७१५, सभा, गोष्ठि, खाजा खाना ७८ हजार ५ सय र विविध १५ हजार ४४३ खर्च भएको प्रदेश निर्वाचन कार्यालयमा बुझाइएको विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर