खबर पूर्वाञ्चल
भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि आक्रमण भएको हो । उनीमाथि लेगुवाकै महेश राईले आक्रमण गरेका हुन् ।
ओलीको स्वागतमा लाइनमा बसेकाहरुकोबीचबाट अघि बढेका राईले आक्रमण गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले राईले मादक पदार्थ सेवन गरेको पाइएको बताए । उनले पूर्वप्रधानमन्त्री ओलीलाई उनले छुन नपाएको समेत बताए । बाँस्तोलाले दाबी गरे, ‘उनको मुक्का हान्ने नियत देखिँदैन, मापसे गरेर त्यस्तो गरेको देखिन्छ ।’
आक्रमण लगत्तै एमाले कार्यकर्ताले उनलाई कुटपिट गरेका थिए । महालक्ष्मी ५ धनकुटाका महेश राई पहिचानवादी संघ संगठनको कुनै जिम्मेवारीमा भने नरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।