animated ellipse animated ellipse

पाँच छात्रामाथि यौन दुव्र्यवहार प्रकरणमा एक वर्षदेखि दुव्र्यवहारको आरोप लागेको शिक्षक धरौटिमा छुटे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ श्रावण २०८०, बुधबार १८:०१
1.1k
Shares
विराटनगर / पाँच जना छात्रालाई बाल यौन दुव्र्यवहार गरेको आरोप लागेको मोरङको जहदा गाउँपालिकास्थित जनप्रीय आधारभूत विद्यालयका २७ वर्षे शिक्षक विकाशकुमार साह धरौटिमा छुटेकाा छन् ।

मोरङ अदालतका न्यायाधीश राजेशश्वर आर्यालयको इजालशले १ लाख रुपैयाँ धरौटिमा छोडन मंगलबार आदेश दिएका हुन् । मोरङ अदालतमा दायर भएको बाल यौन दुरुपयोग मुद्दामा शिक्षक साहविरुद्ध पाँच जना छात्राको जाहेरीमा छुटा–छुट्टै अभियोग दर्ता भएको थियो । थुनछेकपछि न्यायाधीश अर्याललको इजालशले पाँच वटा मुद्दामा जनही २० हजार रुपैयाँको दरले धरौटिमा छोड्न आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए । अदालतले तोकेको धरौटि रकम बुझाएर शिक्षक साह रिहा भएका छन् ।

साहले पछिल्लो पटक जेठ ३२ गते छात्रालाई यौन दुव्र्यवहार गरेको उजुरी मोरङ प्रहरीमा परेको थियो । प्रहरीमा जाहेरी परेपछि शिक्षक साह असार ११ गते पक्राउ परेका थिए । पाँच जना छात्रालाई यौन दुव्यर्वहार गरेको आरोप लागेका साह करारमा नियुक्त भएका शिक्षक हुन् । उनले कक्षा ४ देखि ८ सम्म विज्ञान विषय पढाउँदै आएका छन् । उनीमाथि गतवर्ष पनि विद्यार्थीहरुलाई दुव्र्यवहार गरेको आरोप लागेको थियो । त्यसबेला स्कुलमा घटना मिलाइएको थियो ।

दोस्रो पटक पाँच जना छात्रामाथि दुव्र्यवहार गरेको घटना बाहिरिएपछि उनीविरुद्ध पीडित छात्राका अभिभावकले प्रहरीमा उजुरी दिएका थिए । ‘होमवर्क मिलेन भन्दै सर्टभित्र हात लैजाने तिघ्रा सुम्सुम्याउने, चिमोट्ने जस्ता यौनजन्य दुव्र्यवहार पटक पटक गर्दै आएका थिए,’ अभियोगपत्रमा उल्लेख छ ।

नियमित विद्यालय जाने छात्राहरु अचानक स्कुल नजाने भन्दै रुने मात्र गर्न थालेपछि बाल यौन दुव्र्यवहारको घटना बाहिर आएको हो । नियमित जाने गरेका छात्राहरु दुव्यर्वहारको घटनापछि असारको पहिलो सातादेखि स्कुल जान छोडेकी थिइन् । छोरी स्कुल जान छोडेपछि अभिभावकले स्कुल नजानुको कारणबारे बुझ्न थाले । दुव्र्यवहारमा परेकी एक छात्राले आमासँग खुलेर स्कुल नजानुको कारण विज्ञान विषय पढाउने शिक्षकको कर्तुत सुनाइन् । त्यसपछि आमा छाँगाबाट खसेजस्तो भइन् । ती छात्राले आमालाई रूदै भनिन्, ‘अब म स्कुल जान्न । विज्ञान पढाउने सरले नराम्रो हर्कत गर्नुहुन्छ । सरले सुरुमा होमवर्क चेक गर्नुहुन्छ । त्यसपछि तिम्रो होमवर्क मिलेन भन्दै कक्षा कोठामा घोप्टो पार्नुहुन्छ । त्यसपछि सर्टभित्र हात लैजाने र तिघ्रा सुम्सुम्याउने जस्ता काम गर्नुहन्छ । त्यसैले म अब त्यो स्कुल जान्न, ’ ती पीडित छात्राले दिएको बयानमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर