animated ellipse animated ellipse

लायन्स क्लब पाथिभराको रक्तदानमा ५१ पिन्ट रगत संकलन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ असार २०७७, शुक्रबार २१:२३
9
Shares
विराटनगर / कोरोना संक्रमणको जोखिमका कारण रक्तदान कार्यक्रमहरू नहँुदा रगतको अभाव हुन थालेपछि सामाजिक काम गर्दै आएको लायन्स क्लब अफ विराटनगर पाथिभराले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

विराटनगरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको लायन्स क्लब अफ विराटनगर पाथिभराकी अध्यक्ष गंगा खतिवडा शाहले जानकारी दिइन् । यसअघि संस्थाले मानव सेवा आश्रमका आश्रितहरूलाई भोजन खुवाएको जानकारी दिंदै अध्यक्ष शाहले आगामी दिनमा संस्थाले सामाजिक कामहरूलाई प्राथमिता दिंदै अघि बढ्ने बताइन् ।

नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको प्राविधि सहयोगमा सञ्चालित कार्यक्रममा आयोजक संस्थाका सदस्य, मकालु टेलिभिजन, टिभी नेट प्रालि अर्थ अटो ह्वील्सका कर्मचारी तथा सर्वसाधारणले रक्तदान गरेका थिए ।

लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए–वानको वार्षिक १५ हजार रगत संकलन गर्ने अभियानअन्तर्गत पछिल्लो हप्ता मात्रै १५ सय ८२ पिन्ट तथा पूर्व क्षेत्रमा मात्रै ८ सय ७९ पिन्ट रगत संकलन गरिएको लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए–वानका रक्तदान कार्यक्रमका संयोजक मोहन अधिकारी जानकारी दिए । उनले रेडक्रसमा उपलब्ध हुने रगतमध्ये लायन्सका तर्फबाट ३८ प्रतिशत उपलब्ध हुने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर