AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराट शिक्षा निकेतनमा विज्ञान प्रर्दशन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ मंसिर २०७९, शनिबार १३:२०
207
Shares
विराटनगर / विराटनगर महानगरपालिका ३ मा रहेको विराट शिक्षा निकेतनले अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो ।

सोही अवसरमा कक्षा नर्सरीदेखि १० कक्षासम्मका विद्यार्थीहरूले विज्ञान प्रर्दशनी गरेका छन् । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले विद्यार्थीहरुले बनाएको विज्ञानसँग सम्बन्धी प्रर्दशन गरिएको स्कुलका अध्यक्ष गोविन्द लुईटेलले बताए । विद्यार्थीहरूले प्रर्दशनमा ३० वटा स्टल राखेरका थिए । उनीहरुले स्माट सिटी, ज्वालामुखी, मोटरफेन, सौर्य मण्डललगायतका बस्तुहरु बनाएर प्रर्दशनमा राखेको विद्यालयका प्रिन्सिपल खगेन्द्र तिम्सिनाले बताए ।

कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिपल तिम्सिनाले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदानमा कुनै कसुर बाँकी नराखेको बताए । उनले विद्यार्थीहरुलाई संस्कारसहितको शिक्षा प्रदान गरी विराट शिक्षा निकेतन अगाडी बढेको बताए । उनले विद्यार्थीहरुलाई प्रविधिसँग जोड्दै गुणस्तरीय शिक्षामा विराट शिक्षा निकेतन सधै अगाडी बढने बताए । विद्यालयका जन्मदाता दिनेश घिमिरेको प्रमुख अतिथिमा उक्त कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर