AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ट्रान्सपोर्ट एसोसिएसन अफ मोरङको अध्यक्षमा शम्भु भट्टराई निर्वाचित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ जेष्ठ २०८२, शनिबार १८:३१
531
Shares
विराटनगर/ट्रान्सपोर्ट एसोसिएसन अफ मोरङको अध्यक्षमा शम्भु भट्टराई निर्वाचित भएका छन्।

आज भएको १५औं साधारण सभा तथा आठौँ अधिवेशनबाट भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।

एसोसिएसनको उपाध्यक्षमा खगेन्द्र सिग्देल महासचिवमा युवराज श्रेष्ठ सचिवमा विनोद राजवंशी कोषाध्यक्षमा केशरकुमार कार्की तथा सदस्यहरूमा राजकुमार खड्का, सन्तोष घिमिरे, कृष्ण बजगाई , ज्योति राजवंशी मण्डल ,ऋषि पोखरेल र हिमांशु जोशी निर्वाचित भए ।

अधिवेशनको उद्घाटन गर्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले यातायात क्षेत्रको विकृति तथा विसंगति हटाउन कोशी प्रदेश सरकार एसोसिएसनसँग सहकार्य गर्न तयार रहेको बताए।

यातायात व्यवस्था कार्यालयमा अहिले पूर्णरुपमा सुधार गरिएको जानकारी दिँदै मन्त्री भण्डारीले अझै सुधारका लागि सुझाव दिन आग्रह समेत गरे।

कार्यक्रममा ढुवानी व्यवसायी महासंघका अध्यक्ष माधवप्रसाद नेपाल, पूर्व अध्यक्ष सन्तबहादुर डुम्जन, कोशी ट्रक व्यवसायी महासङ्घका अध्यक्ष विद्यापति उपाध्याय ढुवानी व्यवसायी महासंघका उपाध्यक्ष अरुण श्रेष्ठलगायतकाले बोलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर