AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मस्तिष्कबाट दलित हटाऔँ : मन्त्री कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ चैत्र २०७८, सोमबार १८:०२
171
Shares
विराटनगरमा /प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले आफ्नो मस्तिष्कबाट दलित भन्ने शब्द हटाउनु पर्ने बताएका छन् ।

५७औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा समता फाउण्डेशनले रिडेफ नेपाल तथा प्रदेश सरकारसँगको सहकार्यमा आयोजना गरेको दलित अधिकार सुनिश्चितताकालागि जनप्रतिनिधिको भूमिका विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘म दलित हुँ । उ माथिको जात हो । त्यसले जस्तो म काम गर्न सक्दिन भन्ने मानसिकता हटाऔँ, म पनि अरू जत्तिकै काम गर्न सक्छु भनेर लाग्नु प¥यो ।’ उनले भने । दलित समुदाय भित्र पनि निम्न वर्गका मानिसको जीवन स्तर उकास्न लाग्नु पर्ने उनको भनाई छ ।

प्रदेश १ बाट सहभागी महिला जनप्रतिनिधिहरूले आफ्नो ५ वर्षको कार्यकालमा व्यक्तित्व विकासदेखि नेतृत्व विकाससम्मको अनुभव सुनाएका छन् । वडा सदस्य रहेका महिलाहरूले अब पार्टीले जिम्मेवारी दिएमा उपमेयर मेयर कै पनि कार्यभार समाल्न सक्ने क्षमता अभिवृद्धि भएको बताए ।

मन्त्री कार्कीले दलित भएकै कारणले थिचोमिचोमा पर्न नहुनेमा जोड दिए । जनप्रतिनिधिले आफ्ना समुदायका नागरिकको जीवन स्तर उकास्न तर्फ ध्यान दिन उनले निर्देशन दिए । जातीय छुवाछुतकै कारणले कोही थिचो मिचोमा पर्छ भने कानून अनुसार कारबाही हुने उनको भनाई छ । ‘तपाईहरु नेता हो, तपाईहरु सबैको न्याय गर्ने ठाउँमा हुनुहुन्छ । उनले भने,‘सबै जनताले नै तपाइहरूलाई भोट दिएको हुनाले समाज सुधार्ने जिम्मेवारी पुरा गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर