AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

‘गाउँको सेवा गर्न अष्ट्रेलिया त्यागेको छु,’ : मगर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ बैशाख २०७९, बिहीबार १६:१३
180
Shares
केराबारी/ नेकपा एमाले केराबारी गाउँपालिकाका अध्यक्षका उम्मेदवार सुमन मिरिङ्गचिङ्ग मगरले आफू गाउँपालिका अध्यक्षमा निर्वाचित भए गाउँपालिकाबाट पाउने सम्पुर्ण सेवा–सुबिधा असहाय एवं दिनदुखीका हितमा खर्च गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचन लक्षित घरदैलोका क्रममा अध्यक्षका उम्मेदवार मगरले केराबारी–६ स्थित तामाङ्ग टोलामा यस्तो प्रतिबद्धता जनाएका हुन् ।

केराबारी– ६स्थित तामाङ्ग टोलमा घरदैलोको क्रममा मगरले स्थानीयसँग कुरा गर्दै आँफुलाई निर्वाचित गरे पालिकाले प्रदान गर्ने सेवा–सुविधा गरिव असहायको हितमा खर्चिने बताएका छन् । स्थानीयसँग कुरा गर्दै मगरले गाउँपालिकाले अध्यक्षलाई उपलब्ध गराएको गाडी केराबारीका दशैवटा वडामा गरिव अनि असहायका लागि एम्बुलेन्सका रुपमा प्रयोग गर्ने उद्घोष गरेका छन् ।

आफ्नो ठाउँको हितका लागि अष्ट्रेलिया त्यागेर आएको स्मरण गराउँदै मगरले आँफुलाई जिताए, तपाँईहरुले अध्यक्ष खोज्न आउनुनपर्ने भन्दै अध्यक्षले तपाँईहरुलाई खोज्न गाउँ–गाउँ आउने उदघोष गरेका छन् ।

केराबारी मोरङ जिल्लाकै उत्कृष्ट एवं प्रवल सम्भावना भएको गाउँपालिका भएको भन्दै अध्यक्षका उम्मेदवार मगरले यहाँका प्राकृतिक स्रोतको उचित सदुपयोग गरेर केराबारीलाई देशकै नमुना पालिका बनाउने प्रतिबद्दता जनाएका छन् ।

स्थानीयका समस्या सुन्दै अध्यक्षका उम्मेद्वार मगरले केराबारी ६ को प्रमुख समस्या खानेपानि अनि सिंचाई भएको भन्दै यसलाई उचित रुपमा सम्बोधन गर्ने प्रतिबद्दता जनाएका छन् । केराबारी–६ बासीले बिद्युतीकरण भएपनि बिजुली बत्ति बालेर पनि कुप्पि बाल्नुपर्ने समस्या बताउँदा मगरले बिद्युत प्राधिकरणसँग समन्वय गरेर बिद्युत क्षमता बिस्तार गरिने बताएका छन् ।

यसैगरी सुन्दरहरैँचा नगरपालिकाको बाँसबारीदेखि केराबारी ६ जोड्ने सडकलाई पनि प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर पाँचबर्ष भित्रमा कालोपत्रे गर्ने प्रतिबद्दता जनाएका छन ।

आफूले आफ्नो ठाउँको सेवाको लागि अष्ट्रेलियाको सेवासुबिधा त्यागेको स्ममरण गराएका अध्यक्षका उम्मेद्वार मगरले गाउँको सेवा गर्नका लागि आँफुलाई र आफ्नो टिमलाई मतदान गरेर निर्वाचित गराउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर