खबर पूर्वाञ्चल
‘हाम्रो अभियान नाम’ दिएको युवाहरूको समूहले सरस्वती स्कूलमा अध्ययरत १ सय ५० जना विद्यार्थीलाई जुत्ता वितरण गरेको हो ।
सामाजिक कार्यक्रम सक्रिय रहदै आएको हाम्रो अभियान टिमले ग्रामिण क्षेत्रमा रहेको सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीहरूलाई जुत्ता वितरण गरेको सामाजिक अभियान्त ओसिम आलमले जानकारी दिए ।
उक्त सामाजिक संस्थाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बराईलीलाई हस्तान्तरण गरेका थिए । हस्तान्तरण गरिएको जुत्ताहरु विद्यार्थीहरूलाई आज वितरण गरिएको छ ।
आलमले नेतृत्व गरेको अभियानले जाडो सुरू भएसँगै ५ हजार परिवारलाई जाडोको न्यायो कपडा वितरण गरिसकेको छ । उनीहरूले विराटनगरको मानव सेवा आश्रम, बाल श्रम, जेष्ठ नागरिकहरूलाई जाडोको न्यानो कपडा वितरण गरिसकेको आलमले जानकारी दिए ।
सो अभियानले यस अघि पनि कोरोना भाइसको संक्रमण रोकथाम र नियन्त्रणको लागि राज्यले गरेको लकडाउनको समयमा मजदुरहरूलाई निरन्तर भोजन गराएको थियो । दैनिक ४ सय ५० जनालाई निःशुल्क रूपमा १ सय २० दिन खाना खुवाएको अभियानले जनाएको छ ।