खबर पूर्वाञ्चल
स्कुल परिसरमा आज भगवान् श्रीकृष्णको पूजा आराधनापश्चात विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै सनसाइन बोर्डिङ स्कुलले कृष्ण जन्माष्टि मनाइएको हो ।
स्कुलकी शिक्षिकाले भगवान् कृष्णको बाललीला सिकाउँदै थालिएको उक्त कार्यक्रममा राधा र कृष्णको पहिरनले सजिएर आएका स(साना विद्यार्थीहरूले नृत्य र नाटक प्रस्तुत गरेका थिए ।
दानव र कंशको अत्याचारबाट उन्मुक्ति दिन भगवान् कृष्णले गरेको साहसबारे विद्यार्थीहरूलाई सिकाइएको स्कुलकी उपाध्यक्ष अनिताले जानकारी दिइन् ।
कार्यक्रममा स्कुलका प्रिन्सिपल बद्री रिजाल, अध्यक्ष शिवकुमार खड्का, सहप्रध्यानाध्यापक टीका भुजेल, शिक्षक-शिक्षिका तथा विद्यार्थी र अभिभावकहरूको उपस्थिति रहेको थियो ।
२०५७ सालमा स्थापित स्कुलमा करिब विद्यार्थी ४ सय विद्यार्थी अध्ययनरत छन् भने स्कुलले पठनपाठनका अलाबा समय(समयमा अतिरिक्त क्रियाकलापमा उत्तिकै जोड दिँदै आएको छ ।