अकल्पनीय अवस्थाको सामाना गरिरहेका छौं : मन्त्री घिमिरे

खबर पूर्वाञ्चल, २४ बैशाख २०७७, बुधबार ११:५२

विराटनगर / कोभिड अस्पताल भर्ना भएको १८ दिनपछि डिस्चार्ज भएका ६ जनालाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्य लाभको कामना गरे । अस्पतालबाट डिस्चार्ज भएपछि आज विहान स्वागत गर्दै उनले विश्वले नै अहिले अकल्पनीय परिस्थितीको सामना गरिरहेको बताए ।

प्रदेश सरकारले कोरोनाको सामना गर्नका लागि छुट्दै अस्पताल सञ्चालन गरि काम गरिरहेको उनले बताए । अस्पतालमा उपचाररत अन्यपनि छिट्टै डिस्चार्ज हुने उनले बताए ।

डिस्चार्जको प्रकृया शुरु भएको मन्त्री घिमिरेले बताए । कोभिड अस्पतालमा उपचाररत विरामीलाई अहिले सम्म ७२ जना स्वास्थ्यकर्मीले सेवा दिईसकेको उनले बताए । डिस्चार्ज भएकाहरु तत्काल स्वदेश फर्कन सक्ने अवस्था नभएकाले क्वारेन्टाईनेको व्यवस्था गरि राखीएको उनले बताए ।

टिमवर्कले राम्रो काम ग¥यो : मेसु मिश्रा
कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले टिम वर्कले उपचार सफल भएको बताइन् । ६ जनालाई कोभिड अस्पतालबाट डिस्चार्ज गर्दै उनले आफु भाग्यमानी भएको समेत बताइन्े । उनले भनिन्,‘विरामीले चिकित्सकप्रति सन्तुष्ट छु भन्नु त्यो भन्दा गर्व गर्ने अरु विषय हुँदैन ।’

विरामीले उपचारप्रति सन्तुष्ट हुँदै मस्जिदसम्म लगिदिनु भनेको उनले बताइन् । विरामीको इच्छा अनुसार मस्जिदमा निर्माण गरिएको क्वारेन्टाईनमा पु¥याएको मेसु मिश्राले बताइन् । कोभिड अस्पतालबाट ६ जना डिस्चार्ज भएसँगै नेपालमा उपचारपछि निको भएर फर्कनेको संख्या २२ पुगेको छ । ६० जना अहिले उपचाररत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५