प्रदेश १ सरकारमा जे पनि हुन सक्छ: एमाले अध्यक्ष ओली

खबर पूर्वाञ्चल, ९ कार्तिक २०७८, मंगलवार १३:४६

विराटनगर/ एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ मा प्रदेश सरकारका संवन्धमा जे पनि हुन सक्ने बताएका छन् ।

अध्यक्ष ओलीले आज विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले प्रदेश सभा बैठक कात्तिक १५ गते सम्मलाई सरेको त्यसै नभएको बताए । उनले भने,‘ तपाईहरु थाहा होला त्यसै प्रदेशसभा सरेको छैन ।’ प्रदेशसभाको बैठक सर्नुले जे पनि हुन सक्ने बताए ।

ओलीले सर्वाेच्च अदालतमा भएको तमासाको विषयमा एमाले तटस्थ बस्ने पनि बताए । ‘हामी हेर्दैैछौं, पहिलेदेखि नै सेटिङको चर्चा थियो, के सेटिङ हो कस्तो सेटिङ हो हामी हेरिरहेका छौं,’ उनले भने ।

अध्यक्ष ओलीले जनताले विश्वास गर्ने महत्वपूर्ण अङ्ग सर्वोच्च अदालतबाट अशोभनीय काम हुन नहुने समेत बताए । उनले न्यायाधीशको आँगनमा बसेर न्याय दिनबाट बञ्चित गर्नु राम्रो नभएको बताए ।

अध्यक्ष ओलीले आफू अनुसार नभएमा न्यायाधीश नमात्रे गलत परम्पार हो भन्दै सम्मानित अदालत लोकतन्त्रको स्तम्भ रहेको बताए ।

न्यायालय निष्पक्ष, स्वतन्त्र र शक्तिपृथिकरणको सिद्धान्तमा चल्नु पर्ने भनाई राख्दै अध्यक्ष ओलीले सर्वोच्च अदालत संविधानको भावना र मर्म अनुसार चल्नु पर्ने बताए ।

अध्यक्ष ओलीले संसद्ले पनि कुनै काम गर्न नसकेको बताए । ‘हामी सरकारमा हुँदा एकजना उभियो संसदमा भने व्यवधान खडा भएको हुनाले संसद् स्थगित हुन्थ्यो,’ उनले भने, ‘अहिले नेकपा एमाले जस्तो देशको सबभन्दा ठूलो पार्टी र प्रमुख प्रतिपक्षले विरोध जनाउँदा जस्केलाबाट हामफालेर, झ्यालबाट हामफालेर, करिडोरबाट छिरेर, पछाडिको ढोकाबाट छिरेर, झ्यालबाट छिरेर मन्त्री आउने र कार्यक्रम सञ्चालन भयो भन्ने तमासा छ ।’

अध्यक्ष ओलीले सत्ता गठबन्धनको काम सिस्टम माथि प्रहार गर्ने मात्रै भएको आरोप लगाए । वर्तमान सरकारले कुनै काम गर्न नसक्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५