animated ellipse animated ellipse

करेन्ट लगाएर माछा मार्ने क्रममा श्रीमान श्रीमतीको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ जेष्ठ २०७८, शनिबार १६:५५
612
Shares
सुनसरी / सुनसरीको ईटहरी उपमहानगरपालिका २० तरहराको चौतारी चौकमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा श्रीमान र श्रीमतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर रौतामाई घर भई सोही स्थानमा कोठा गरी बस्ने २६ वर्षीय हेमसेर राई र उनकी श्रीमती २३ बर्षीया शर्मिला राई रहेका छन् । आज विहान ६ बजे स्थानियले घर नजिकै खार्सल खोलामा मृत अवस्थामा फेला परे पछी प्रहरीलाई खबर गरे पश्चात ईलाका प्रहरी कार्यालय ईटहरी र प्रहरी चौकी तरहराबाट प्रहरी टोली खटि गएको थियो ।

घटनास्थलमा उनीहरुले आफु बसेको घरबाट बिजुलीको लाईन जोडी खोलामा लगेको भेटिएको थियो । उनीहरुले गत राती के कुन समयमा खोलामा गई माछा मार्न खोज्दा करेन्ट लागी मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । कोठामा उनीहरुहरुको ४ बर्षीया छोरी मात्र रहेकोले विहान मात्र घटनाको बारेमा जानकारी पाईएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सुनसर िप्रहरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर