पूर्वाञ्चल खबर
संघका अध्यक्ष लक्ष्मी तिम्सिनाको नेतृत्वमा पुगेका पदाधिकारीहरूले इप्रका सिजुवाका प्रमुख प्रहरी निरीक्षक मोहन रायमाझीलाई मेडिकल मास्क, सेनिटाइजर र पन्जा वितरण गरेका हुन् ।
संघले यसअघि मोरङको चार वटा प्रहरीको युनिटलाई मेडिकल मास्क, सेनिटाइजर र पन्जा वितरण गरिसकेको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । यस अघि इप्रका बेलबारी, रङ्गेली, उर्लाबारी प्रहरी प्रमुखहरूलाई भेटेर सेनिटाइजर, माक्स र पन्जा वितरण गरिसकेको ढकालले बताए ।
सुरक्षामा खटिने प्रहरी युनिटलाई संघले १० लिटर सेनिटाइजर, मेडिकल मास्क र पन्जा बितरण गर्दै आएको छ । जनताको सुरक्षामा खटिने प्रहरीलाई संघले सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर समाजिक कार्य अनुरूप स्वास्थ्य सामाग्री प्रदान गरिएको अध्यक्ष तिम्सिनाले बताए ।
संघले यसअघि पनि विभिन्न संघसंस्थालाई स्वास्थ्य सामाग्री प्रदान गरिसकेको छ । केही दिन अगाडी संघले उर्लाबारी नगरपालिका– ७ स्थित नमूना बाल गृहमा रहेका बालवालिकाहरूको लागि निःशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य सामाग्री र खाद्यान्य वितरण गरेको थियो । यस्तै बुढीगंगा गाउँपालिका र विराटनगरमा रहेको विराटेश्वर वृद्धाआश्रम रहेका जेष्ठ नागरिकहरूलाई दिर्घरोगका औषधी, भिटामिन, स्वास्थ्य सामाग्री र खाद्यान्य वितरण गरिसकेको छ ।