खबर पूर्वाञ्चल

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले समाग्री वितरण गर्दै नगरले सबै सार्वजनिक भवन निर्माणका लागि घरनक्सा पासका लागि अनिवार्य रुपमा ‘अपाङ्ग मैत्री’ हुनुपर्ने नीति बनाएको जानकारी दिए । उनले महानगरले करुणा फाउण्डेशनको सहयोगमा अपाङगहरुलाई स्वरोजगार बनाउन विऊ पूँजी, शीपमूलक तालीम लगायतका कार्य गरिरहेको समेत बताए ।
सामर्थ समाजका अध्यक्ष चेतनाथ पोखरेल र राष्ट्रिय अपाङग महासङ्घ प्रदेश अध्यक्ष पार्वता श्रेष्ठ लगायतले अपाङग व्यक्तिहरुलाई सहज जीवन जीउनका लागि जनप्रतिनिधिहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिए ।