animated ellipse animated ellipse

प्रदेश १ मा थपिए ४२ संक्रमित, संक्रमितको संख्या २४ सय नजिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ भाद्र २०७७, बिहीबार २०:१९
1.04k
Shares
विराटनगर–प्रदेश १ मा आज ४२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ९७ पुगेको छ ।

थपिएकामा १३ महिला र २९ पुरुष छन् । सुनसरीमा १२, मोरङमा १०, ते¥हथुममा ९, उदयपुरमा ३, धनकुटा र झापामा १–१, प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ३ महिला ३ पुरुष, कोशी गाउँपालिकामा ४ पुरुष, रामधुनी र दुहवीमा १–१ पुरुष, मोरङको बुढीगंगामा २ महिला २ पुरुष, सुन्दरहरैचामा १ महिला ५ पुरुष, ते¥हथुमको म्याङलुङमा ३ महिला ६ पुरुष, उदयपुरको त्रियुगामा १ महिला ३ पुरुष, धनकुटाको शहिदभुमी र झापाको गौरीगञ्जमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार महोत्तरीका २ महिला १ पुरुष, धनुषा र जनकपुरका १–१ पुरुष र सिरहाका १ महिलामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश १ बाट आज १८ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज १ हजार ५ सय ७ पीसीआर परीक्षण भएको छ । हाल सम्म ७३ हजार ५ सय ५३ वटा पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयल जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर