खबर पूर्वाञ्चल
महानगरपालिकाले साउन ११ गते नै लकडाउन गर्ने तयारी गरेको थियो । तर संघ र प्रदेश सरकार नमानेपछि तत्काल लकडाउन भएन । साउन १६ गतेदेखि लकडाउन गरेका कारण सम्भावित जोखिमलाई केही हदसम्म नियन्त्रणमा लिइएको मेयर पराजुलीले बताए । ‘लकडाउन नगरेको भए स्थिति भयावह हुने थियो,’ उनले भने, ‘संक्रमण फैलन नदिन लकडाउन प्रभावकारी बन्यो ।’
‘प्रदेश सरकार पनि तत्काल लकडाउन नगरौं भन्ने पक्षमा थियो । तर विराटनगरको अवस्था विश्लेषण गरेर मैले जोडवल गरिरहेँ,’ उनले भने, ‘सामाजिक विकास मन्त्री जीवन घिमिरेसँगको नेतृत्वमा छलफल गरी साउन १६ गतेदेखि लकडाउन गर्ने निर्णय गरेको मेयर पराजुलीले बताए।’
लकडाउन नगरेको भए विराटनगरको अवस्था भयावह हुने उनको विश्लेषण छ । ‘लकडाउन गरेर भयावह अवस्थाको केही हदसम्म अन्त्य गरेका छौं,’ मेयर पराजुलीले भने, ‘तर अब संक्रमितको व्यवस्थापनमा समस्या छ । अस्पतालमा भेन्टिलेटर छैन । घरमै संक्रमितको मृत्यु हुन थालिसक्यो ।’ संघीय र प्रदेश सरकारले तत्काल उपचारको व्यवस्था मिलाउनुपर्ने उनले बताए ।