पूर्वाञ्चल खबर
विराटनगरमा आज कार्यालयले आयोजना गरेको राजनितिक दल तथा सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा १६ वर्ष उमेर पुगिसकेका नेपाली नागरिक तथा मतदाता नामावलीमा छुटेकाहरुलाई लक्षित गर्दै मतदाता नामवाली संकलन कार्य शुरु गर्न लागिएको जनाएको छ ।
कार्यालयका अनुसार ,पहिलो चरणमा १४ वटा स्थानियतहमा यो कार्यक्रम शुरु हुने छ । जसअनुसार मंसिर १७ गतेदेखि पुष २ गते सम्म पथरी शनिश्चरे नगरपालिका, सुनवर्सी नगरपालिका, सुन्दर हरैचा नगरपालिका , वेलवारी नगरपालिका तथा कटहरी गाउँपालिका, वुढिगंगा गाउँपालिका र मिक्लाजुङ गाउँपालिकामा मतदाता नामावली सकंलन कार्य हुने छ ।
त्यसपछि पुष ४ देखि पुष १८ गतेसम्म लेटाङ नगरपालिका , रतुवामाई नगरपालिका तथा जहदा गाउँपालिका, ग्रामथान गाउँपालिका, धनपालथान गाउँपालिका, केरावारी गाउँपालिका तथा कानेपोखरी गाउँपालिकामा मतदाता नामावली संकलन कार्य शुरु हुने निर्वाचन कार्यालयका प्रमुख लेवनकाश्यव अधिकारीले वताए । त्यस्तै उल्लेखित पालिका वाहेको विराटनगर महानगरपालिका सहित अन्य पालिकाको हकमा प्रदेश निर्वाचन कार्यालय जिल्ला प्रसासन कार्यालय तथा इलाका प्रसासन कार्यालय रंगेली र इलाका प्रसासन कार्यालय उर्लावारीमा मतदाता नामावली संकलन कार्यको व्यवस्था मिलाइएको कार्यालय प्रमुख अधिकारीले वताए ।
कार्यक्रममा वोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले मतदाता नामावली संकलन कार्य उमेर पुगेका नेपाली नागरिक कोइपनि छुट्न नहुने बन्ने त्यसका लागी राजनितिक दलको भुमिका महत्वपुर्ण हुने वताए । यो कार्यमा सवैलाई सहभागी गराउन प्रचार प्रसार आवश्यक रहेको उनको भनाई थियो ।
मोरङ जिल्लामा २०७७ साल पुष ५ गतेसम्मको तथ्याकं हेर्दा मतदाताको शख्या ६ लाख ६९ हजार ४ सय ९० रहेको छ ।