खबर पूर्वाञ्चल
घरकै होमआइसुलेशनमा रहेको संक्रमित पुरुषको बिहीबार राती ८ बजे मृत्यु भएको वडाअध्यक्ष बिजय कामतले जानकारी दिए ।
भदौ ३ गते मृतक पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको थियो । विराटनगर महानगरपालिका र प्रदेश सरकारले बनाएको आइसुलेशन खाली नभएपछि संक्रमित पुरुष घरकै होमआइसुलेनमा रहेका थिए । दिर्घरोगी रहेका संक्रमित पुरुषलाई श्वाप्रश्वासमा समस्या भएपछि मृत्यु भएको वडाअध्यक्ष कामतले बताए ।
घरकै होमआइसोलेशनमा मृत्यु भएको प्रेदशमा यो पहिलो घटना हो । संक्रमित राखेर उपचार गर्ने आइसोलेशन भरिएपछि महानगरपालिका भित्र ३ सय ४१ जना होम आइसोलनमा छन् । विराटनगरका संक्रमितको संख्या ७ सय ४५ रहेको छ ।