AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेश सभाको चालु तथा हिउँदे अधिवेशन अन्त्य

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ चैत्र २०८२, सोमबार १८:५१
54
Shares
विराटनगर / कोशी प्रदेश सभाको चालु तथा हिउँदे अधिवेशन अन्त्य भएको छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङ्गले आज राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य गरेका हुन् । आज बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोही सिफारिसका आधारमा प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेका हुन् । यस अधिवेशनका क्रममा विभिन्न विधेयक र समसामयिक प्रस्तावहरूमाथि छलफल भए पनि सरकारले बिजनेसको अभाव देखाउँदै अधिवेशन अन्त्यको प्रक्रिया अघि बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर