खबर पूर्वाञ्चल
विराटनगर जुटमिलको खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा भारत विहारको कटिहार क्रिकेट क्लबलाई ४ विकेटले हराउँदै होराइजन उपाधि नजिक पुगेको हो । उपाधिको लागि उनीहरू मंगलबार दिउँसो १ बजे भिड्नेछन् ।
यसअघि विराटनगरकै एनविएससी क्रिकेट क्लबलाई ११६ रनले हराउँदै वाइआरसिसि फाइनलमा पुगिसेको छ ।
आाजको खेलमा कटिहारले दिएको १७४ रनको लक्ष्य होराइजनले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ पूरा गर्यो । फाइनमा पुर्याउन होराइजनका ओपनर सन्तोष कार्कीले आक्रमक ब्याटिङ गरे । उनले अविजित ५३ बलमा ७५ रन बनाए । उनले ७ छक्का र ४ चौका हिर्काए । सर्वोधिक रन बनाउने सन्तोष प्लेरयर्स अफ द म्याच घोषित भए । दिपेश कँँडेलले १५ बलमा ३० रनको योगदान दिए । उनले २ छक्का र ३ चौका हिर्काए । सोनु अन्सारी र धिरेन शाक्यले समान १८–१८ रन बनाए ।
कटिहारका भानु आनन्द र अशोक कुमारले समान २–२ विकेट लिए । अजित राजले १ विकेट लिए ।
यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको कटिहारले १९ ओभरमा सबै विकेट गुमाइ १७३ रन बनाएको थियो । कटिहारका करण कुमारले ३८ बलमा ७४ रन बनाए । उनले ८ छक्का र ४ चौका प्रहार गरे । सरोजले २४ बलमा ३३ रन, अन्सुनी कुमारले २२ रनको योगदान दिए ।
होराइजनका फिरोसजन अन्सारी र श्रवण किस्कुले समान ३–३ विकेट लिए । अभिषेक तिम्सिनाले २ विकेट र सन्तोष कार्कीले १ विकेट लिए ।