animated ellipse animated ellipse

खिलेश्वरी पत्रकारिता पुरस्कार पाठकलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ भाद्र २०८१, सोमबार १८:५५
153
Shares
विराटनगर / पत्रकार सुशीला पाठकलाई खिलेश्वरी पत्रकारिता पुरस्कार २०८१ प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघ मोरङको व्यवस्थापनमा पीताम्वर–खिलेश्वरी प्रतिष्ठानद्धारा स्थापीत पत्रकारिता पुरस्कार कान्तिपुर टिभीमा कार्यरत पाठकलाई प्रदान गरिएको हो ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का लगायतले पत्रकार पाठकलाई सम्मानित गरे। पुरस्कारको राशी ११ हजार रहेको छ ।

कार्यक्रममा मन्त्री अधिकारीले पत्रकारिता बौद्धिक, मर्यादित,प्राज्ञिक र जनसरोकारको पेशा भएको बताए। उनले पत्रकारले सरकारलाई खवरवादी र जनतालाई सु–सूचित गराउने अन्त्यन्त जिम्मेवारीपूर्वक रुपमा कार्य गर्ने गरेको विचार व्यक्त गरे ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पत्रकारिता क्षेत्रमा राज्य र समाजको लगानी आवश्यक भएको विचार राख्दै सञ्चारकर्मीले सत्य तथ्यका आधारमा समाचार समाजमा पस्कन आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य खड्का, मोरङ व्यापार संघका पूर्वअध्यक्ष सुरेशकुमार शर्मा, प्रतिष्ठानका सदस्य सचिव कविराज न्यौपानेलगायतले सञ्चारकर्मीले समाजमा पछाडि परेका जनताको शिक्षा, स्वास्थ्य, रोजगारी र हक अधिकारका लागि कलम चलाउनु पर्ने सुझाव दिए।

पीताम्वर–खिलेश्वरी प्रतिष्ठानले २०४५ सालदेखि यो पुरस्कार वितरण गर्दै आईरहेको थियो । पछिल्लो ६ वर्षदेखि नेपाल पत्रकार महासंघको व्यवस्थापनमा यो पुरस्कार वितरण शुरु गरिएको हो । सो पुरस्कारबाट पाठकसहित १९ पत्रकार पुरस्कृत भईसकेका छन् ।

नेपाल पत्रकार महासंघ मोरङले २÷२ वर्षमा यो पुरस्कार वितरण गर्दै आईरहेको सचिव नेत्र पी अधिकारीले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर