ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सरकार ढल्ने विषयमा सत्यता छैन : डा. कोइराला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ माघ २०८१, बुधबार १८:३८
99
Shares
विराटनगर / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने विषयमा सत्यता नभएको बताएका छन् ।

गठबन्धन सरकारले सात बुँदे सम्झौता अनुरुप काम गर्नुपर्नेमा जोड दिए । नेपाल प्रेस युनियन मोरङले आज विहान कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘संविधान संशोधन, सुशासन र आर्थिक विकासको कुरालाई सरकारले गंभीरतापूर्वक लिएर सरकारले काम गर्नुपर्ने हो । ६ महिनाको यो अवधि काममा धेरै त होइन । तर जसरी अघि बढ्नुपर्ने थियो, त्यसरी बढ्न सकेको छैन ।’ संविधान संशोधन ०८७ पछि हुने प्रधानमन्त्रीको अभिब्यक्तीबारे उनले दुई दलबीचको छलफलले मात्र संविधान संशोधनको विषय नसकिने र संशोधनको विषयलाई जनतामाझ लैजानुपर्नेमा जोड दिए ।

लोकतान्त्रिक ब्यवस्थामा देश संयन्त्रले चलाउन खोजिनु गलत हुने डा. कोइरालाको भनाई छ । देश सरकारले चलाउनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई संयन्त्रबाट चलाउन खोजिरहेको उनले बताए । सरकारले ल्याएको अध्यादेशको विषयमा समेत नेता कोइरालाले असन्तुष्टि ब्यक्त गरे । उनले भने,‘ माघ १८ गते संसद बोलाएको छ । अध्यादेश पनि केहीसमय पर्खेर संसद खोलेर ल्याउँदा हुने थियो नि । ६ महिनामा केही भएर सातदिन दसदिनमा के पल्टिहाल्छ ? पहिले संसद बोलाएको भए हुन्थ्यो नि ।’ नेता कोइरालाले अध्यादेशबाट मुलुक चलाउनुलाई निरंकुशताको एक चरण भएकोमा चिन्ता ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर