खबर पूर्वाञ्चल
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरीक्षको उपस्थितिमा आज बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारीशरद कुमार पोखरेलको नेतृत्वमा पाँच सदस्य छानविन समिति गठन भएको हो ।
समितिमा १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिएपी, विराटनगर महानगरपालिका ११ का वडाअध्यक्ष तिरर्थेन्द्र न्यौपाने, १२ का वडाअध्यक्ष हिरालाल कामत र विरेन्द्रकुमार कार्कीसहितको छानविन समिति गठन भएको मोरङ प्रहरीका प्रवक्ता डिएपी दिपक श्रेष्ठले जानकारी दिए । शुक्रबार गाँजासहित पक्राउ परेका विराटनगर महानगरपालिका – ११ का ३९ वर्षीय भीम कामतको मृत्यु प्रकरणमा छानविन समितिले छानविन गरेर प्रतिवेदनको आधारमा दोषि देखिए प्रहरीमाथि कारवाही हुनेछ ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बसेको बैठकले मृतक परिवारलाई क्षतिपूर्तीको लागि गृह मन्त्रालयमा सिफारिस गर्ने पनि निर्णाय गरेको बुझिएको छ ।
शुक्रबार दिउँसो गाँजासहित पक्राउ परेका कामतको आइतबार मृत्यु भएको थियो । कामतको मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्तले रहस्मय तरिकाले मृत्यु भएको भन्दै उच्च स्तरीय छानविन समिति गठन गरिनुपर्ने, दोषि प्रहरीलाई कारवाही र मृतकका परीवारलाई क्षतिपूर्ती दिनुपर्ने माग राख्दै आज प्रर्दशनमा उत्रिएका थिए । दिउँसो विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी उनीहरूले सडकमा टायर बालेर विरोध प्रर्दशन गर्दै छानविन समिति गठन गरि दोषि प्रहरीलाई कारवाहीको माग राखेर प्रर्दशनमा उत्रिएको मृतका भाइ विरेन्द्र कामतले बताए । ‘पक्राउ परेर प्रहरी हिरासतमा रहेका दाजुको मृत्यु शंकास्पद रहेको छ । शनिबार मात्र सकुसल रहेको दाजुको आइतबार एक्कासी उपचारको क्रमममा मृत्यु भएको घटना शंकास्पद रहेको छ,’ मृतकका भाई विरेन्द्रले भने, ‘यस घटनाको छानविन गरिन उच्च स्तरीय समिति गठन गरि घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने हुन्छ । समिति गठन नगरेसम्म हाम्रो आन्दोलन निरन्ता हुनेछ ।’
मृतक कामतको दुवै खुट्टामा हतकडी बाधेको निलो डाम रहेको छ । खुट्टामा हतकडीको निलो डाम र शरिरमा पनि चोटपटक रहेकोले प्रहरीको यातनाको कारणले कामतको मृत्यु भएको भन्दै उनीहरू प्रहरी प्रशासन विरूद्ध विरोधमा उत्रिएका हुन् ।
कामतको पत्नी यशोदा कामतले प्रहरी हिरासतमा रहेको श्रीमानलाई प्रहरीले यातना दिएको कारणले मृत्यु भएको दाबी गर्दै छानविन गरि दोषिलाई कारवाही गरिनुपर्ने माग राखेकी छिन् ।
प्रहरीले कामतलाई विराटनगर ११ उनको घरको गोठमा लुकाएर राखिएको साढे तीन केजी लागूऔषध गाँजासहित पक्राउ गरेको थियो । ‘कुलतमा लागेका कामतले लागूऔषध खान नपाएपछि हिरासत भित्र होहल्ला गरेका थिए । हामीले सम्झाई बुझाई गरेर राखेका थियौं,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले भने, ‘विरामीजस्तो देखिएपछि हामीले कामतलाई उपचार गर्न कोशी अस्पताल लगेका थियौं । उपचारको क्रममा उनको मृत्यु भएको हो ।’ प्रहरीले हिरासत भित्र कुनै पनि प्रकारको यातना नदिएको उनको भनाई छ ।
छानविन समिति गठन भएपछि मृतक परिवारले पोस्टमार्टम गर्नको लागि प्रहरीमा जाहेरी दिने भएका छन् । जाहेरीपछि कोशी अस्पतालमा राखिएको कामतको शवको पोस्टमार्टम हुनेछ । पोस्माटमपछि परिवारले विधिगत रुपमा दाहासंस्कार गर्ने परिवारले जनाएको छ ।
तपाईको प्रतिक्रिया