RUMPUM
animated ellipse animated ellipse

आरोहण गुरुकुलमा युवाकविहरूको जमघट

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ माघ २०८०, शनिबार १८:१७
351
Shares
विराटनगर / विराटनगरस्थित आरोहण गुरुकुलमा युवाकविहरु भेला भएर कविता वाचन गरेका छन् ।

आजको विदाको दिनलाई सदुपयोग गर्दै कविहरु भेला भएर आ–आफ्ना कविता सुनाएका हुन् । यसरी कविता सुनाउँदा विराटनगरमा थप साहित्यिक माहोल बन्ने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा कवि सविता गौतम दाहाल, शुभलक्ष्मी लम्साल, सीमा आभास, शकुन्तला जोशी, मीनकुमार नवोदित, घिमिरे युवराज, दीपक शम्चु, धीरज राई, दीपा दाहाल, सविता भण्डारीलगायतले समसामयिक विषय केन्द्रित भएर लेखेका कविता सुनाए ।

काठमाडौंमा सञ्चार क्षेत्रमा सक्रिय कवि जोशी विराटनगर आएको सन्दर्भमा भेटघाटसँगै कविता वाचन राखिएको पत्रकारसमेत रहेका नवोदितले जानकारी दिए । जोशी पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रदान गर्ने सुदिस निरौला स्मृति साहित्य पुरस्कारबाट शनिबार नै सम्मानित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर